| संयूक्त नेपाली मोर्चा, यूरोप, माषिक बुलेटिन,नयां तरङ्ग, जुन २००७ वर्ष१,अंक२ |
|
United Nepalese Front, Europe,Monthly Bulletin ,New Wave,June 2007,Year 1, Issue 2 |
|
नेकपा माओवादीको लचकता माथी प्रतिकृयावादीहरुको आक्रमणःछोटो समिक्षा राम वहादुर गुरुङ्ग अध्यक्ष नेपाली जनजाती सरोकार मंच,यूरोप
अढाइसय वर्षपुरानो सामन्तवादी राज्यसत्ताले जवर्जस्ती नेपाली जनता माथी लादेको आर्थीक असमानताको साथै जातिय,भाषिक,लंैगिक तथा क्षेत्रिय असमानताको विरुद्ध नेपाली जनताले पटक पटक लडदै आएको अनुभव,नेपाली समाजको विश्ािष्टतामा रहेको वर्गहरुको सहि विश्लेषण,तथा विश्व परिस्थीतीको सहि विश्लेषण र विश्व कम्युनिष्ट आन्दोलनको सहि संष्लेषणवाट नेपाली जनताको पर्ूण्ा मुक्तिको लागी सहि कार्यदिशा लिएर क्रान्तिको लागी अगाडी वढेको नेकपा माओवादीले २०५२सालमा जनयुद्ध शुरु गर्नु भन्दा अगाडी २०५२साल माघ २१ ग्ाते संयुक्त जनमोर्चा नेपालका अध्यक्ष डा.वावुराम भट्टराइको नेतृत्वमा अल्टिमेटम सहित तत्कालिन प्रधानमन्त्रि शेरवहादुर देउवालाइ दिएको राष्ट्रियता,जनतन्त्र र जनजिविका सम्वन्धि चालिस सुत्रिय माग सहितको ज्ञापनपत्रमाथी तत्कालिन सरकारले छलफल त परै जावस राम्ररी अध्ययन समेत नगरी लत्याएको थियो । त्यस अवस्थामा माओवादी जनयुद्धले यसरी देशव्यापी रुपमा विस्तार गर्नेछ भन्ने ०४६पछि आएको नाम मात्रको वहुदलिय व्यवस्थामा पालै पालो व्रहृमलुट गरिरहेका संसदिय दलहरुले सपनामा पनि सोचेको थिएन वरु उनिहरु त्यो व्यवस्थालाइ शिशु प्रजातन्त्र भन्दै अन्तर्रराष्ट्रिय समुदायलाइ मर्ुख वनाउंदै आर्थिक अनुदान र अथाह ऋण लिंदै त्यसमाथी व्रहृमलुट गर्नाको साथै टनकपुर र महाकाली जस्ता असमान सन्धि गरेर देशको र्सार्वभौममाथीनै सौदा गरेर देशलाइ विकराल गरिवीको अन्धकारमा तथा राष्ट्रियताको संकटमा धकेलेको नेपाली जनताले अझै पनि विर्सर्ेे छैनन । अहिले जसरी दरवारको र भारतिय अति हिन्दुवादीहरुको सहयोगमा उन्नाइस दिने आन्दोलनले गणतन्त्र प्राप्तीको लागी जागेको नेपाली जनताको ध्यान अन्तै मोडन गरेको प्रयत्न जस्मा तीन दर्जन भन्दा वढि माओवादी कार्यकर्ताहरुको निर्मम हत्या गरिएको तथाकथित मधेशी आन्दोलनको विकृत रुपको दोष पनि माओवादीलाइ लगाउंदै अव देशै टुक्रिने भो भन्दै देशी विदेशी प्रतिकृयावादीहरु चिल्लाउन सम्म चिल्लाए तर त्यो सेलाउंदै गएर नेकपा माओवादीको आव्हानमा लोकतान्त्रिक गणतन्त्र प्राप्तीको लागी जनताको आन्दोलन अगाडी वढने देशव्यापी जुन तैयारी भैरहेछ त्यसले भित्र भित्र अमेरिकी साम्राज्यवाद देखी लिएर भारतिय विस्तारवादीहरुलाइ वेचैन भएकोछ भने संसदवादी दलहरुले छिट्टै माओवादीले अन्तरिम सरकारवाटै गणतन्त्रको घोषणा गर्ने प्रस्तावलाइ कार्यन्वयन नगरे उनिहरु पनि भोली नेपाली जनता समक्ष हिसाव किताव फस्र्यौट गर्नु पर्ने डरले वेचैन छन तर आफनो वर्गिय स्वार्थको कारण लाचार छन । यसैकारण उनीहरु म्ााओवादीको सानो गल्तिलाइ पाहाड वनाएर उछालछन तर रायमाझी आयोगको कार्यन्वयन वारे मौन साधछन,माओवादीले घरजग्ग्ाा फर्काएनन भनि डंका पिटछन तर ती कुख्यात फटाहरु र जमिनदारहरुद्धारा शदियौं देखी हरुवा,चरुवा र कमैया वनाइएका गरिव जनताको गांस वास कपासको अधिकार वारे किन मौन छन - माओवादी वाहेक व्यवहारीक रुपमै कसले आवाज उठाएको छ र कस्ले लडेकोछ उनिहरुको पक्षमा - काठमाण्डौं उपत्यकाको फोहर सोर्ने तथा अपराधी गिरोहलाइ समेत नियन्त्रण गरेर जनतालाइ सांच्चैकै राहत दिने वाइसियलको जनतामुखी कामलाइ चटक्कै विर्सर्ेेवाइसियलको तथाकथित सानो कमजोरी भेट्टाए भने त्यसैलाइ वढाइ चडाइ गरेर माओवादीको वदनाम गर्न यी वर्ुर्जुवाहरुलाइ खुवै जांगर चल्छ तर हिजो देखी गन्हाएर सिनो भइसकेको नेपालको नोकरशाहीतन्त्रलाइ जरै देखी उखेलेर फाल्न किन अग्रसर छैनन यिनीहरु - अनी मोरीआर्टर्ीी आफनो राजनीतिक-कुटनितिक मर्यादालाइ समेत लत्याएर नेपालको राष्ट्रियतामाथी लात्ती वजार्दै हिडेकोमा एक शव्द वोल्दैनन मानौ मोरीयार्टर्ीीरसायो भने उनिहरुको आशन डगमगाउंछ । हिजो ०४६को आन्दोलनमा टंुडिखेलको मञ्चवाट जनताको पनि जीत राजाको पनि जीत भनेर आक्रोशित जनताको हुटिङ्ग र ढुंगामुडा खाने हालको अन्तरिम सरकारका वर्तमान प्रधानमन्त्रि तथा नेपाली कांग्रेसका सभापती गिरिजा प्रशाद कोइराला कहिले सेरोमोनियल राजा त कहिले विस्तार विस्तार राजाको अधिकार घटाउंदै लगेर अन्तमा गणतन्त्र ल्याउनु पर्छ भनेर एककाइसौं शताव्दीका महान नेपाली जनतालाइ सरासर झुट वोलेर मर्ुख वनाउने कोशिस गर्दैछन तर उनिहरु आफैलाइ थाह छैन त्यो वर्गले हिजो देखी वोल्दै गर्दै आएको झुठ र राष्ट्रघाती कामका कारण जनताको विच त्रि्र गतिमा नांगिदैछन । हिजो देखी नेपालको सत्तामा ढलिमली गर्दै आएको यै वर्गले यदी नेकपा माओवादीले शुरु गरेको जनयुद्ध विकसित भएर यो अवस्थामा नआएको भए अमेरीकी साम्रज्यवादको सहयोगमा विस्तारै नेपाललाइ भुटान वनाउंदै सिक्किम वनाउने वलियो सम्भावना थियो । नेपालको संसदिय दल भित्र रहेका यिनै अभिजातिय वर्ग र नोकरशाही दलाल पूंजिपति वर्गको प्रतिनिधित्व गर्नेहरु राष्ट्रियता र देशभक्तिको कुरा यतिवेला निर्लज्ज भएर गरिरहेछन त्यसको पछाडी राजतन्त्रलाइ सेरीमोनियल रुपमै भए पनि वचाएर त्यसको आडमा आफनो वर्चस्व कायम राखी रहने उनिहरुको भित्री चाहाना हो जुन नेपाली जनताले कहिले पनि पुरा हुन दिने छैन । माओवादीको लचकतालाइ हर्ेर्ने हो भने कहां पुगनपुग तेतिस हजार जनमुक्ति सेना कहां एकलाख भन्दा वढि भएको नेपाली सेना र पचास हजार भन्दा वढि पुलिस र्फोस त्यसको अनुपात कति गुना फरक छ- जवकी नेपाली सेनाको -व्यवहारमा अझै शाही सेना) संख्या र त्यस संग रहेको अत्याधुनिक हतियारको संख्या लाखौंको छ तर मामुली कमसल र थोरै संख्यामा भएको हतियार तथा तेत्तिस हजार जनमुक्ति सेनाको संख्या वरावरको त्यतीनै संख्याको हतियार सहित नेपाली सेनालाइ क्यानटोनमेन्टमा राख्ने प्रस्ताव माओवादीले सजिलै स्विकार्दा पनि स्वदेशी तथा विदेशी मिडियाहरु जनमुक्ति सेना र उस्को हतियारलाइनै ठुलो देख्छन र त्यसैलाइ उछालछन, कहिले माओवादीले हतियार लुकायो भनेर कहिले अठार वर्षभन्दा मुनिकाहरु जनमुक्ति सेनामा छन भनेर । यसैलाइ लिएर उछित्तो काढदै विविसीले समेत दिन दिनै भनिरहंदा त्यही सत्य होकी भने जस्तो पार्छन किनभने वर्ुजवाहरु विविसीको समाचारलाइ निष्पक्ष ठान्छन र त्यसैको हवाला दिन्छन तर विविसीले कस्तो समाचारलाइ कसरी प्रचार गर्छन सवैलाइ थाहाछ । तर अझै पनि माओवादीहरु आफनो जनसेना भित्र छानविन गराउन तयार छन, हतियारको प्रमाणीकरण युएनओको प्रत्यक्ष संलग्नतामा भयो तर पनि वर्ुर्जुवा मिडियाहरु अनेक वहाना निकालेर कराउन छाडदैनन । माओवादीलाइ राम्ररी थाहा छ हतियार गौण हो प्रधान विचार हो त्यसैले अहिले माओवादी संग औपचारिक रुपमा तालिम प्राप्त तेतिस हजार जनसेना छन र भोली आवश्यक परे लाखौं जनता जनसेना वन्न तत्पर छन त्यो विचारको कारणले हो नकी नेपाली सेनाको जस्तो तलव भत्ताको लागी । यसैले जनमुक्ति सेना खाने वस्नेको न्यूनतम सुविधा समेत नभएको क्याम्पमा अनेक दुख सहेर अनुशासन पर्ूवक वसिरहेका छन । प्रतिकृयावादीहरुले यो धर्ैयतालाइ तोडाएर फेरी युद्धमा फर्काउन कुटिल षडयन्त्र गरिहेको कतैवाट छिपेको छैन । त्यसैले उनिहरु आफना सतप्रतिसत हतियार र सेना क्यान्टोनमेन्टमा राख्दा पनि ढुक्क छन । उनिहरु जनता प्रति तनमनले समर्पित छन तर नेपाली सेना -शाहीसेना) त्यो रुपमा छैनन,अझै पनि ज्ञानेन्द्र शाहीको लागी सलामी वजाउनलाइ कटुवालहरुले उत्साहित गराउन छाडेका छैनन । त्यसैले साम्राज्यवाद समेत माओवादीका विचार संग डराइ रहेको छ र उ यस्लाइ धवस्त पार्न चाहन्छ अनि गोयवल्स शैलीमा जनतामा भ्रम र्छर्ने कोशीस गरि रहेछ । अहिले माओवादीहरु जनताको चाहाना अनुशार सकेसम्म शान्तिपर्ूण्ा वाटोवाट राज्यको समस्या समाधान गर्नकोलागी अन्तरिम सरकारमा पनि सहभागी भएकाछन तर जनतालाइ स्पष्ट संग भनिरहेका छन उनिहरुको मोर्चाको रुप फेरिएकोछ त्याहंा पनि उनिहरु संर्घष्ा गरि रहेछन । तर यो शान्तिपर्ूण्ा संर्घष्ावाट पनि त्रसित सामन्तवाद,विस्तारवाद र साम्राज्यवादका पिठ्ठु वनेका स्वदेशी तथा विदेशी संचारहरु एकस्वरमा विरोध गर्दै भन्छन माओवादी आफै सरकारमा भएर पनि यो गरेन त्यो गरेन आदी मानौं माओवादीहरु जनताको समस्यालाइ स्थाइ समाधान गर्न अन्तरिम सरकारमा गएका हुन भने जस्तै पारेर जनतालाइ भ्रम पार्न कोशीस गर्दछन तर उनिहरु जनतालाइ स्पष्ट भन्दैनन पहिलो वार्ताकाल देखी शसक्त रुपमा संविधान सभाको चुनावको माग गर्ने माओवादीको उद्धेष्य अन्तरिम सरकारमा गएर चाडो भन्दा चांडो संविधान सभाको निष्पक्ष चुनाव गराएर जनतालाइ लोकतान्त्रिक गणतान्त्रिक व्यवस्था सुनिश्चित गर्नको लागी मात्र गएका हुन तर उनिहरु स्पष्ट भन्दैनन संविधान सभाको चुनावलाइ पछि सार्दै लगेर गोलामाल कस्ले केका लागी गर्न खोजी रहेछन भनेर । माओवादी सरकारमा गए पछि उनीहरुलाइ असक्षम देखाउन तथा वदनाम गराउन देशी तथा विदेशी प्रतिकृयावादी संचारका साधनहरु यतिवेला योजनावद्ध रुपमा लागी परेकाछन । उनिहरु यो सावित गराउन खोजी रहेछनकी माओवादी सरकारमा गएका कारण देशले ठुलठुला अवसरहरु गुमाउन लागेको छ,अर्को विदेशी दाता तथा वित्तिय संस्थाहरुले नेपालमा सहयोग गर्न हात झिक्ने भो आदी । तर उनीहरु स्वाट्टै विर्सन्छन ति योजनाहरु कहिले देखी शुरु भएको थियो र के कारणले अहिले सम्म अडकेर वसेको थियो साथै हिजोका थुप्रै योजनाहरु किन असफल भए । नेपाल जस्तो गरिव मुलुकको आर्थिक अवस्थालाइ हिजोका सत्ताधारीहरुले भित्र्याएका आर्थिक उदारीकरण र निजीकरणले कुन रुपमा ल्याइ दिएकोछ के यो सामान्य नेपाली जनतालाइ थाहा छैन र - देशको राष्ट्रियताको मतलव नहुने हिजोका सत्ताधारीहरुले कस्ता कस्ता असफल योजनाहरु लागु गरेर देश डुवाउने काम गरे भोली त्यसको जनताले हिसाव अवस्य माग्नेछन । जनतालाइ भ्रम र्छर्दै मोज गर्न पल्केकाहरुको नेतृत्व गर्दै हिजो उन्नाइस दिने जनताको आन्दोलनवाट वाध्य भएर पुनस्थापना भएको संसदमा वनेको मन्त्रिमण्डलका अर्थमन्त्रि -हालको पनि अर्थमन्त्रि) रामशरण महतले राजाको सम्पति राष्ट्रियकरण गर्ने र भ्रष्टचार नियन्त्रण गर्नेमा मा चाही चासो नदेखाउने त्यस विपरित अव अन्तराष्ट्रिय दाताहरुले आर्थिक सहयोग नदिए यो देशमा डामाडोल हुन्छ अर्थात नेपाल एउटा असफल राष्ट्र वन्छ भन्दै मन्त्रि वनेको भोलीपल्टै विदेशी दात्रिसंस्थाहरुलाइ निर्लज्जतापर्ूवक गुहारेको थियो भने अहिले यिनी फेरी पहिलेकै शैली दोहर्याउन तल्लिन छन । यसकारण रामशरण महत भन्दा वेग्लै शैलीमा माओवादी निर्माण तथा भौतिक मन्त्रि हिसिला यमीले मेलम्ची खानेपानी योजना प्रकरणमा जतिसुकै दवाव आए पनि विदेशीहरुको स्वार्थ पर्ूर्ती हुने खालको योजनामा हात नहाल्ने तथा साथ नदिने उहांको अडानको स्वागत गर्नु पर्छ । साथै उपत्यकाको पानीको श्रोतको संरक्षण र विकास वारे उहांको योजना पनि र्सार्वजनिक गर्न जरुरी छ । देशको र्सार्वभौमसत्ता नै अभरमा पर्ने गरी संझौता गरेर नेपाली जनताले पानी पिउनु भन्दा भएका पानीका श्रोतहरुलाइ विकास गर्ने र विशाक्त पानीलाइ शुद्धीकरण गरी पिउने लायक वनाउने प्रविधी वारे पनी अध्ययन अनुसन्धान गर्नाको साथै मन्त्रालय देखी सम्पर्ूण्ा सरकारी निकायहरु लगायत देशी विदेशी अनेक संघसंस्थाहरु सवै काठमाण्डौं उपत्यकामा मात्र केन्द्रित गराइएको केन्द्रिकृत सामन्ती राज्य संरचनामा समेत आमुल हेरफेर ल्याइ वैज्ञानिक खाले विकेन्द्रिकृत योजना लागुगरी जनसंख्याको चापलाइ घटाएमा पनि धेरै हदसम्म उपत्यकामा पानीको अभावमा कमि ल्याउन सकिन्छ की भन्ने तर्फपनि ध्यान दिंदा वेशै होला । नेपालको विभिन्न योजनामा कस्ता कस्ता दवाहरु किन र कसरी आउंदा रहेछन, कसरी विदेशीहरु र देशिय प्रतिकृयावादीहरु मिलेर देशलाइ साम्राज्यवादीहरुको आर्थिक दास वनाइदो रहेछ, मन्त्रालयमा भएका फायलहरु अध्ययन गरि हिजो के के भएका रहेछन ति सवै आम जनताको अगाडी हिसिलाजीले र्छलर्ङ्ग वनाइदिनु भयो भने त्यसले सच्चा लोकतान्त्रिक गणतन्त्रवादीहरुलाइ यो जर्जर सामन्तवादी मक्कि सकेको धोत्रो वुढो रुखलाइ एउटा दरो अन्तिम लात्ति हान्न अझ वढि क्रान्तिकारी उर्जा दिनेछ ।
"फूलको आँखामा फूलै संसार" भन्ने गीत हामी सबैले सुन्दै आएका छौं । गीत, सुनेर मनोरञ्जन लिनका लागि मात्र होइन यसले भावना बोकेको हुन्छ । आत्म भित्र दबेर रहेका पीडा ओकल्छ गीतले अनि यो धर्तीमा भइरहेका सबैखाले अपराधिक तथा विभत्स पीडा र चित्कारको दृश्य ओकल्छ गीतले । कुरा गीतको मात्र होइन , हामीमा भएको पीडा , नैराश्यता, कटुता, चिन्ता आदि आदि जति दबाउन र लुकाउन खोजे पनि भित्र भित्रै गुम्साएर मेटाउन खोजे पनि अन्ततः विस्फोट भएर छताछुल्ल हुन्छ । एकदिन यस्तै खाले विस्फोटको आवाजले मेरो कानको जालीमा चट्याङ्ग पर्यो । एकजना साथीले बिहान सबेरै केही चिन्ताका स्वरहरु मलाई सुनाउनु भयो जुन कुरा वाहाँको आखाँले देखेका थिए । नितान्त आफ्नो ब्याख्या वाहाको निजी विचार हो तर वाहाको आँखाले देखेको त्यो संसार माथि गीतमा भनिए जस्तै फूलको थियो वा काँडाको यो बुझनु जरुरी छ जस्तो मलाई लागेको छ । " सर ! नेपालमा गणतन्त्र आयो भने मेरो दर्ुइ करोड पर्ने घर जफत हुने त होलानी , सस्तै मुल्यमा भए पनि बेच्नु पर्छ कि क्या हो - विदेशमा वसेर दुख गरेर कमाएकेा सम्पत्ती माया मार्न त सकिएननी ।" अर्को साथी भन्नुहुन्छ ः- "मेरो पनि पाँच विगाहा खेत छ बेच्न पर्छ कि क्याहो -" सामान्य राजनितीमा चासो राख्दै आउनु भएको अर्को साथी भन्नुहुन्छ - "हैन सर ! साथीहरु यस्तो यस्तो भन्नुहुन्छ । खै, समाजवादमा आफ्नो भन्ने केही हुँदैन भन्छन् , कुरा के हो म त अल्लमल्लमा परेको छु भनिदिनु पर्यो । " विहान विस्तरा बाट ओर्लन नपाउँदै मेरो कानमा ठोक्किन पुगेका यी शब्दले मेरो शरीर पुरै तात्न थाल्यो । आजको यो संसारमा यूवा वर्गमा अझै सम्म हराउन नसकेकेा यो चिन्ता राजनैतिक , सैद्धान्तिक र तथ्यगत रुपले अत्यन्त गलत छ । नेपालको सामन्ती संस्कार , सँस्कृती र शिक्षाले आम नेपालीलाई आफ्नो बारेमा केही जान्न नसक्ने बनाएकेा छ । टेलीफोनमा अभिव्यक्त यी चिन्ताका विषयहरु आफ्नो जिवन सपार्न पैसालाई र्सर्वेर्सवा ठान्ने यूवावर्ग जो यूरोपको सम्पन्न देशमा काम गर्दै आएका छन् , तिनीहरुकेा हो । हामी आफ्नो बारेमा कहिल्यै केही जान्न सकेनौ । जिवनको परिभाषा लगाउन कहिल्यै सकेनौ । यूगौ देखी ठगिदै आएका हामीमा उसैलाई र्सर्वेर्सवा मान्ने संस्कार अझै रहेको छ जसले हामीलाई दास बनाएकेा छ । शोषण गर्ने अनेक बहानामा घर , सम्पत्ती , भाग्य , भविष्य आदिको परिकल्पना गर्न सिकाएर अझ भनौं निम्न पूँजीवादी सोंचबाट ग्रसीत हामीलाई वर्ुर्जुवा शिक्षाले हाम्रो दुवै आँखा पर्ूण्ारुपमा बन्द गर्राई दिएको छ । आज तिनै बन्द आँखाले देखेको यो संसारमा हामी हाम्रो घर र खेतवारी भन्दा माथि उठेर समाज र देशको बारेमा कहिल्यै केही सोंच्न सकेका छैनौ र स्वयम् आफ्नै जिवनको परिभाषा लगाउन अर्समर्थ छौं । लामो समयको यूरोप बर्साईले यूरोपको विकास र याहाँको सामाजिक संरचना नजिकबाट अध्ययन गर्न पाइरहेको अवस्थामा आफ्नो देशमा भएको कु संस्कार , कु रिती आदि हटाएर एक उन्नत समाज निर्माणमा लाग्नु पर्छ भन्ने चेतना जगाउनु पर्ने वास्तविक अवस्थामा त्यसको विपरित समाज परिवर्तनमा लागेका सहयात्रीहरु सँग तर्संदै पैसाको संसार भित्र पागल भइ बर्बराउनु कति उचित होला - मलाई त के लाग्छ भने समस्त यूवा वर्गमा भएको यो चिन्ता सामन्ती सत्ताले प्रचार गरेको भ्रम बाट कैदी बनेको छ । आफूलाई स्वतन्त्र र स्वावलम्बी बनाएर सच्चा नागरिकका तर्फाट सोंच्दा हामीले निर्माण गर्ने नयाँ समाजमा हामी नेपाली जनताले आफ्नो गुमाउने होइन की हाम्रो गुमेको सम्पत्ती फिर्ता पाउँछौं । आज हामी किन सोंचिरहेका छैनौं , हाम्रो सारा सम्पत्ती लुटीएकै कारण विदेशमा कुल्लीको रुपमा जिन्दगी बिताउन विवश छौं । साढे दुइ करोड भन्दा बढी जनसंख्या भएको देशमा सिमित मात्रमा १०० -५० जनाले सारा देशवासीको सम्पत्ती लुटेर आम जनतालाई गरिबीकेा चर्खामा रात दिन पिर्साई रहेको कुरा तर्फकिन हाम्रो ध्यान पुग्न सकेको छैन - देशमा सम्पर्ूण्ा नागरिकले देश भित्रै उन्नत खालको जिवन यापन गर्न पाउनु पर्छ , राज्यले गास, बास, कपासको ग्यारण्टी गर्नु पर्छ , शिक्षा र स्वस्थ्य निःशुल्क र र्सव सुलभ हुनु पर्छ तथा मौलिक अधिकारको ग्यारण्टी हुनु पर्छ भन्नुको अर्थ हामी समस्त नेपालीको खोसिएको सम्पत्ती फिर्ता पाउनु हो । जुन वर्गमा हर्ुर्केको भए पनि नयाँ संसार देखे पछि नयाँ चेतना जागृत हुनु पर्नेमा मान्छे किन पुरानो सँस्कार बाट बाहीर निस्कन सक्तैन र सधैं संकर्ीण्ावादी भइरहन्छ - आफ्नो सम्पत्तीकेा नाममा बस्नका लागि सानो झुपुडी सम्म नभएका अधिकांश यूरोपीयनहरुको उन्नत र सम्पन्न जिवन आफ्नै आँखाले देखेका हामीहरु कमसेकम याहाँको जस्तै सामाजिक संरचना बनाउन तर्फनलागेर आफ्नो व्यक्तिगत घर बनाउने तर्फकिन लागिरहेका छौं - यो चेतनाको विकास र परिवर्तन असम्भव हो वा हामीले ध्यान पुर्याउन नसकेको हो - भएभरको सारा सम्पत्ती लुटीएर विदेश पलाएन भएका हामी सँग के नै छ र - यो सामन्ती सत्ताका कारण उचो शीर गरेर हामी नेपाली हौं भन्न समेत सकिरहेका छैनौं भने सम्पत्तीकेा के कुरा - समाजमा भएकेा सामन्ती सत्ताले हाम्रा परिवारलाई निरीह प्राणी जस्तो बनाएर राखेको छ । रातदिन आंशु पिएर श्रीमानको प्रतिक्षा र उज्ज्वल भविष्यको कामना गरेर वसेकी एक महीला दिन दाहाडै बलात्कृत हुनु पर्दाको पीडा सहन नसकेर आत्महत्या गरेको घटना हाम्रा सामु थुप्रै छन् रे हर्ुकदै गरेका छोराछोरी खराब लतमा लागेर आफ्नो सुन्दर भविष्य बरवाद गरेको पनि हाम्रो नजरबाट छिपेको छैन भने अर्को तिर हामी हातमा ठेला उठाएर रात दिन मिहेनत गर्न व्यस्त छौं आफ्नो जिन्दगी सपार्न, तर वास्तविकता हामी सँग हाम्रो परिवार पनि आफ्नो जस्तो छैन भने हामीले कमाएर थुपारेको धनराशीको ग्यारण्टी कस्ले गर्ने - यथार्थमा जो सँग केही छैन उसले गुमाउनु नै के छ र - त्यसैले अस्थायि या अर्थहीन कमाईका बाबजुद सम्पर्ूण्ा देशवासी तथा करीब १४ लाखको संख्यामा रहेका हामी आप्रवासी यो पुरातनवादी संकर्ीण्ा सोंचबाट माथि उठेर आफ्नो भाग्य आफै सपार्न नयाँ समाजको निर्माणमा लागौं । जब सम्म देशमा नोकरशाही दलाल पूँजीपतिहरुको हावी रहिरहन्छ तव सम्म पैसा कमाएर आफ्नो जिवन सुखमय बनाउँछु भन्ने हाम्रो अभिलाषा कहिल्यै पुरा हुने छैन । मान्छे बाँच्ने प्रमुख कुरा हो भन्दैमा बाँच्नकै लागि यूगौं देखि शोषित बन्दै आउनु परेको कुरा लाई मनन गर्दै ती सामाजिक कसिङ्गरहरु लाइ समूल नष्ट गरी उन्नत समाजको निर्माण गर्न , मानिसलाई स्वतन्त्ररुपमा बाँच्न दिन , प्रत्येक सँग भएकेा सीप र क्षमतालाई समाज निर्माणमा प्रयोग गर्न , सबै समान भएर बाँच्न पाउने अवसरको सृजना गर्न , सारमा भन्नु पर्दा मान्छेको मुल्य र मान्यता लाई अनुभूती गर्न र नेपाली हुँ भनेर संसार सामु आफूलाई गर्व गर्न नयाँ नेपालबाट मात्र सम्भव भएकाले यस्को निर्माणमा आ-आफ्नो ठाउँ बाट सक्तो सहयोग र पहल गरौं । हाम्रो देश र नयाँ समाज नै हाम्रो सम्पत्ती र सुन्दर भविष्य भएकाले पाँच विगाहा खेत र पक्की घरको चिन्ता गर्न छाडी नयाँ नेपालको कल्पना गरौं । हाम्रो सम्पत्ती र अधिकारका मालिक हामीहरु नै हौँ यो अधिकारको ग्यारण्टी नयाँ नेपालबाट मात्र सम्भव छ अन्यथा हामी लिलामीमा पर्न सक्छौं । लिलाधर पन्त कोषाध्यक्ष नेपाली जन प्रगतिशील मंच, बेल्जियम सर्म्पर्क ः । e
mail lilap8@hotmail.com
|